Monday, March 3, 2014

प्रेमपत्र-Bi Nod Dulal



प्रिय'भनेर सम्बोधन गरेँतिमिलाई नरिसाउ ल!

मलाई था छ तिमि रिसाउन्नौ किनकि मेरा यि शब्ददेख्दैनौ,तिमि चाहन्नौ हेर्नपनि।
मेरो प्रोफाईल सर्चगदैनौ मजस्तो दिनैपिच्छे खोई किन मलाइ त तिम्रोनाम लेखिरहन मनलाग्छ त्यै भएर सर्चगर्छु अनि देख्छु तिम्रो हासिरहेको अनुहार म झुट थिईन कालि मेले भन्या थिँ नि तिम्लाइ सधैँ हसाउछु भनेर!
                       मैले देखुन्जेल यसैगरि हाँस ल।म दुखि छैन मलाई छाडयौभनेर किनकि तिमि मलाइ छाडेर हास्दैछौ त्यै हासोनै मेरो उदेश्य हो।म अझैमाया गर्छुभनेर तिमिलाइ दुखिबनाउदिन तर मेरोमनको ढोकामा चुकुल छैन तिम्रोलागि सधैँखुला छ।
        बचन निभाउन धेरैगाह्रो छ प्रिय,तर मैले तिम्रोबचन बिर्सिएकोछैन तिम्ले भन्थ्यौ नि"बिनोद यो सिप सिक न"हो यस्कैलागि म दौडिरहेँ दिनरात।तिम्ले छोडे के भो तिम्रो बचन पुरागर्न अझै दौडिदैछु सिर्फ तिम्रोलागि।सहि हुँ या गलत म तिम्रो बचन पुरागर्नेछु तर तिमि हेर्नचाहनौ।
               तिमि मलाई यस्तैगरि हेला गर म यस्तैगरि भुमिगत भएर माया गरिरहन्छु.... दुनियाले भन्छ अब मेरोमाया कुन कयाटेगोरि को हो

.

Sunday, February 16, 2014

प्रेम पत्र- -निरक्षर निरौलाको

मेरी अनन्य  मित्र......................
            आज प्रणय दिवस ।यो भन्दा अघिल्ला बर्षहरूमा यो प्रणय दिवस नाआएको होइन ।आएकै हो ।तर यस् पटकको प्रणय दिवसको निकै अगी देखी प्रतिक्षामा थिए-म।अनी लामो पर्खाइ पछी आजको दिन आएको छ । आज मेरा मनका भावनाहरू तिमी सामु छताछुल्ल पार्न चाहन्छु ।खासमा म भाग्यमा विश्वाश नगरने मान्छे ।अनी संयोगमा पनि विश्वाश गर्न मन लाग्दैन ।तर तिम्रो र मेरो भेट सोच त के यो एउटा रमाइलो सम्योग जस्तो छैन र ? म कहाँ पूर्वको मान्छे अनी तिमी कहाँ पश्चिमकी ?
             काठमाडौं मा अनेकौ क्याम्पस हरू छन आखिर किन हामी यही क्याम्पस मा पढ्न आयौ ? भिभिन्न सन्काय छन किन हामी एउटै सन्काय मा पर्यौ ? अनेक बिषय छन किन हाम्रा बिषय पनि जुध्न पुगे ? केही थाहा छैन मलाई । उत्तर छैन मसँग .............।  किन अनी कसरी ? भन्दै म धेरै तर्क गर्न चाहन्न किनकी प्रेममा तर्कको कुनै अर्थ  रहदैन भन्छन । बस यती थाहा छ कि यो एउटा रमाइलो सम्योग हो । मिठो सम्योग हो । बस यती थाहा छ ।
              मलाई राम्ररी याद छ तिमीलाई पहिलो चोटि देखेको दिन ।तिमी कक्षा मा छिर्दै गर्दा, कसो कसो तिम्रो नजर एक्कासी ममा ठोक्किन पुगे । म त मुर्ती भए । हेरेको हेरेकै भए । हुन त यो कुरो सामान्य नै थियो किनकी तिमी जस्ताका आँखाले हेरोस  र मलाई केइ नहोस् ? यो त हुनै सक्दैन ।सुरु सुरु का दिनमा तिमी प्रती को मेरो आकर्शण क्षणिक भन्ने लाग्यो ।यो उमेरै तेस्तै हो भन्ने लाग्यो ।तर जती जती समय बित्दै गयो उती उती तिमी प्रती लाठ्ठै हुन पुगे म ।
                 तिम्रो तारिफ कसरी गरु म ? तिम्रो जती सुकै तरिफ गरे पनि अपुरै रहनेछ । अधुरै रहनेछ । तिम्रो बेदाग मुहार , लहरै मिलेका दात ,अौसी का रातमा कालो रङ मीसाएझै तिम्रा केश अनी जती बेला पनि मुसुक्क हसिरहने तिम्रो बानी । तिमीलाई के को उपमा दिउ म ? के सँग तुलना गरु तिमीलाई ?तिमिसँग तुलना गर्न लायक कुनै चिज बस्तु नै देख्दिन -म । तिम्रा अगी स्वर्गका अप्सरा पनि फिक्क्का फिक्का लाग्छन । यो त भो तिम्रो बहिरी ब्यक्तित्व । बहिरी कुरो । तर यो भन्दा पनि माथिल्लो स्तरको छ तिम्रो भित्री ब्यक्तित्व । अर्थात तिम्रो सोच , जिबन्प्रती हेर्ने तिम्रो दृष्‍टिकोण ,साथी सङी प्रती गर्ने तिम्रो व्यबहार अनी आकाश जस्ताइ फराकिलो तिम्रो त्यो दिल ।
       तिमीसँग यसरी भेट नभै दिएको हुदो हो त यो लेखक जमानामै गाउ पुगिसकेको हुन्थ्यो । तिमीले नै मलाई काठमाडौं बस्न कर लगाएकी ।हार खाइसको मान्छे मलाई आट भर्ने काम तिमीले गरेऊ । "जिबनमा संघर्श गर्नु पर्छ ,केइ पाउन केइ गुमाउनु पर्छ ,सपना हरूले गाउमा हैन शहरअंा सार्थक्ता पाउछन " भन्दै सम्झाउने तिमी नै होइनौ र ?
       आज म सम्झिरहेको छु ति पुराना दिन हरू । केइ नाआ उने मान्छे म । केइ नजान्ने म । जान्दिन थे के र कसरी पढ्ने भन्ने कुरो ?  -"यसरी यसरी पढ्ने भन्दै सप्पै सप्पै नोट दिने तिमी नै हुन्थ्यौ । मैले कहिले कही पढ्न अल्छि मान्दा हप्काउथ्यौ । झर्किन्थ्यौ । अनी रिसाइदिन्थौ । वाध्य भएर पढ्नु पर्थ्यो मैले ।
              मलाई अचम्म लाग्छ तिमी कस्ती खल्की मान्छे ? सधैं सधैं प्रथम हुने केटी तिमी । मलाई यसरी सिकायौ तिमीले कि आफु सेकेन्ड भयौ अनी बादलामा मलाई प्रथमआ बनाइदियौ । तिम्रो संगत मा लागे पछी मैले धेरै कुरा  सिके , सिक्दैछु ।' जिबन को लक्ष्य के ? आमा बाबुले हामी प्रती के कस्तो चाहना रखेका हुन्छन ? सो कुरा  बुझ्न थालेको छु मैले तिम्रो संगत मा रहदा बस्दा ।
                     सँगइ का साथीहरुलाई हौस्याइरहने तिम्रो बानी त्यो स्वभाव प्रती नतमस्तक छु- म ।
सामान्य बोल्चल बाट सुरु बहेको हाम्रो सम्बन्ध कती धेरै प्रगाढ भएको छ् त्यो मलाई मात्र हैन तिमीलाई पनि थाहा नै छ । हाम्रो सम्भन्धको प्रगाढता यहाँ यसरी शब्दमा बताउन सकिद्न म । अझ यो सम्भन्धलाई ठोस रुप दिन तिमीलाई यो पत्र लेख्दैछु । यो प्रेम पत्र कोर्दैछु । के म तिम्रो जिबन साथी बन्न सक्छु ? के म तिम्रो हात जूनि जुनी थाम्न सक्छु
           कतिपय चल्चित्रमा नायकअले आफ्नै रगतले प्रेम पत्र लेखेको देखेको छु । तर म भने यहाँ यसरी सस्ता कलमका मसिले पत्र कोर्दैछु । म खुन ले पत्र लेख्न सक्दिन कारण - मेरा सना सना दु:ख कष्ठ मा रुने आसु बगाउने मान्छे तिमीले मैले रगत्ले पत्र लेखेको थाहा पाए कती रोउली म कल्पनी सम्मा पनि गर्नन सक्दिन ।  मलाई थाहा छ तिमी शहरमा जन्मिएकी । शहरमै खाइखेली हुर्किएकी । अनी म भने किसान को छोरो । माटोमा हिलो मा खेलेर हुर्किएको छोरो । तिम्रो र मेरो आर्थिक हैसिएत मिल्दैन थाहा छ मलाई यो कुरो ।  थाहा छ तिमी लाई पनि ।
         तर तिम्रा माता पिता बुझ्नु हुन्न होल त्यो यो कुरो । उह हरु आफ्नै हैसियत को केतो खोज्नु हुदो हो तिम्रा लागि । म गाउले केतो न खान्दानी परे नत आफ्नै खुट्टा मा नै उभिसकेको ?उह हरु चाहनु हुन्न तिमी ले दुख पाएको हेर्न ।    तसर्थ तिमीले मनाउने प्रयत्न गर्नु उहाहरूलाई । अन्तिम बिन्दु सम्मै । म पनि मेर तर्फ बाट सकुन्जेल सम्झाउने बुझाउने प्रयत्न गर्ने छु । गर्छु .
                      अन्तिममा केइ नलागे उहा हरूले जे भन्नु हुन्छ , जसो भन्नु हुन्छ तेसै गर्नु तिमीले । आमाबुवा बिरुध्द गएर तिमीले उहा हरूको चित्त नदुखाउनु । बुवाआमा भनेका इस्वर हुन । तिमीलाई पनि राम्ररी थाहा छ । तसर्थ उह हरू जसरी खुशी हुनुहुन्छ तेसै गर्नु तिमीले । तिमीले तेसै गर्नु पर्छ किनकी तिम्रा बुवा आमा खुशी हुनु भनेको नै तिमी खुशी हुनु हो । अन तिमी खुशी हुनु भनेकै म खुशी हुनु सरह हो तिमी खुशी भए मलाई अरु के नै चहियो र?
                        तिमीलाई प्रेम गर्छु । गरिनै रहनेछु ।तर यो ठन्दिन कि तिमी मेरै हुनु पर्छ । तर एउटा शर्त चै के छ भने तिमी जहाँ भए पनि , जोसँग भए पनि तिमी चै खुशी भएकाइ हुनुपर्छ । तिमी रमाएकै हुनु पर्छ । तिम्रो अभाब मा यो जिबन सफल होला नहोला भन्न सक्दिन म तर सर्थक भने हुने छैन नै । तिमी मेरो एउटा छुट्टै ,बेग्लाई बिशेष र  खास मित्र थियौ । छौ । र सदा रहिरहनेछौ । तिम्रो निम्ती यो दिलको ढोका सदा खुल्ला खुल्ला रहनेछ ।


                                                                                                             उही तिम्रो मिल्ने साथी
-निरक्षर निरौला    

      

Saturday, February 15, 2014

प्रेम पत्र- दाहाल पृथकको




मेरी प्रियसी........................

आज प्रणय दिवस । 

सेतो खाली कागजमा पोखेको मनको भाव त्यो पनि तिम्रै समिपमा बाचन गर्ने अवसर पाएको छु । जुन साहस आज मलाइ यो प्रणय दिवसले थपिरहेको अनुभूति गरिरहेको छु । जुन कुरा तिमीलाई २ वर्ष पहिले नै भन्ने बिचारमा थिए तर त्यो साहस मैले जुटा उन सकिरहेको थिन जुन आज भन्न गै रहेको छु 
। त्यो भाव यहिँ प्रेम पत्रमा थोरबहुत समाबेस गरेको छु । तिमीलाई म मन पराउछु वा जीवन साथी बनाउन चाहन्छु र तिमीले पनि मन पराउछौ लाग्छ । तर यहाँ ठुलो पर्खाल खडा भएको छ । यसले हामी दुबैलाई जलाई रह्यो समय तर पनि यी कुरा हमी दुबैको मुटुको कुनामा थिचिएर / पिल्सिएर रहन बाद्य छ भन्नु आबस्यक छैन मैले ।

 तिमीले नै सबै बुझेकी छौ, तिमीलाई पनि हरेक किसिमका समस्या छन्, घर परिवार/ आफन्त/ इस्टमित्र/दाजु भाइको कुरा अनुसार चल्नु पर्ने पनि होला । त्यसलाई मा पनि स्विकार्चु । यदि यस्तो छ भने केहि दिनको समय लिएर तिमीले मलाई yes वा no भन्न सक्छौ । जिन्दगी कुनै खेल होइन सोचेर भन, भन्नु पनि जरुरत ठान्दछु । त्यहिँ पनि तिमि अबुज कहाँ छौ र ! हाम्रा ति भुतकाल हरु जो समाएको दृष्टिमा तर मेरो दृस्टी वा नजरले यति देखिरहे छ/देखि नै रहने छ तिमि हामी बिचका इसारा, मानो भाबको भुजल्को भने हरदिन/ हरपल/हर्क्षन आइनै रहेको छ र तिमीले यदि मलाई यदि रुचाउन वा स्वीकार्न सक्दैनौ भने पनि ठिकै छ कसैको डर वा करकापमा माया हुदैन यदि no भन्छौ भने पनि खुसिनै रहेको सिर गर्ने छु /हुनेछु । माया हामी दुइजना भएर जिन्दगी जिउदा मात्र आबस्यक पर्ने बस्तु होइन तिमि र मा जीवन साथी नभयपनि साथी त्यो पनि सदैब हुने छौ । भैरहनेचौ । यो तिम्रो समू मा प्रति बद्दता पार्न चहन्छु । अब डिसिजन लिने काम तिम्रो हातमा छ । मा गरिब छु र तिमि पनि मद्यम बर्गकि नै एक स्वस्च मन भएकी युवती हौ ।

 यो पनि मलाई थाहा छ जहाँ तिमीलाई मैले माया गर्छु/ गरिरहने छु जसमा मेरो साथ र माया रहिरहने छ र त तिम्रो उतर्को अपेक्षा गरिरहेको छु ।

 अन्त्यमा ........................ तिमि अहिले जहाँ भएपनि फेरी भने माया गर्छु तिमीलाई ! नग्च तिमिपनि माया गर्छु मलाइ !आब बाकी डिसिजन तिम्रो हातमा छ र यो पत्र तिम्रो लागि मेरो प्रेम पत्र पैलो हो !
 साथै मेरो प्रेम पत्रलाई समाप्त हुन लागेको कुराको अबगत गराउदै यो पत्रको जवाफको प्रतिक्षामा बसिरहनेछु/पर्खिरहने छु/ अनि बाटो कुरी रहनेछु ।
 म निदाएको समयमा पनि मेरो तन्तुले त्यो बाटो हेरी नै रहने छन् जो तिम्रो पत्र वा मेरो प्रतिउत्तर त्यो पनि सकारात्मक बनेर आओस, बिचर गरेर जुन कुरो लाइ सम्झिएर जिन्दगीको कुनै पनि समेमा पछुताउन नपरोस !

कामना मेरो कामना, कनी सुभकामना !!!!!!!! 


उही: प्रेसक,
 हरिस्चन्द्र दाहाल [पृथक्]
 बडहरे ९, खोटाङ्
 हाल. मैतीदेवी काठमाडौँ, नेपाल

"प्रेम - पत्र " -Roshan Yakso Limbu को

Roshan Yakso Limbu

"प्रेम - पत्र "

  • (2069-11-03 मा लेखिएको प्रेमपत्र, एउटा प्रतियोगिताको लागि !!!  )                                                                                         
प्रीय दिलसरा ,                                                                                                                                                                 भर्खरै मलाई छोएर जाने एक झोक्का हावाले तिम्रो खबर दिएर गयो । पर्खेर बस्नु,मेरो मायाको एक पोको सन्देश लिएर आउला त्यही हावाको झोक्का;तिम्रो गाउँसम्म - तिम्रो ठाउसम्म।  

                  पहिचान सहितको सङ्घियता र सङ्घियता सहितको संबिधानको एक प्रती अनी मेरो भागको एक अंश खुशी लिएर यो कङ्क्रिटको जङ्गल छोडेर आफ्नै गाउम,आफ्नै ठाउँमा फर्किने सपना सपनामै सिमित भएको बेला,के सुनाउ तिमीलाई मेरो हालखबर्।१२ घण्टे लोडसेडिङ्को चपेटामा परेका काठमाडौं बासी जस्तै म पनि हैरान छु ,बेहाल छु हो हिजोआज।बाँच्न सम्मको लागि बाचेको छु अनी यसैमा खुशी हुनुको बाहाना खोज्दै छु । यो काठमाडौं पनि बिचित्रको छ। हो, हाकु कालेले भने जस्तै - साला गिद्धै गिद्धको शहर ! यही काठमाडौं हो,जस्ले तिम्रो र मेरो भेट हुन दिईरहेको छैन। उहिले जेठमै एक थान संबिधान दिएको भए त्यती खेरै फर्की सक्थे आफ्नै प्यारो गाउम,आफ्नै मान्छेको ठाउँमा । अनी सगुन र पोङ लिएर उहिल्यै आईसक्थे तिमी भएको ठाउँसम्म । तर षड्यन्त्रको सकुनी जाल बुनेर बन्नै लागेको संबिधानलाई उम्किन्नै नसक्ने गरी चक्रब्युहमा फसाइ दियो ।दिलसरा, हिजोआज काठमाडौं फेरी पनि लागेको छ प्रधानमन्त्रिको कुर्सी हडप्ने खेलमा। मन लागदैन यस्तो नौटङ्कि!तै पनि ईतिहासको फड्के किनारामा साक्षी बनेर चुपचाप हेरिरहन बिबस छु तमासा, तीन करोड  नेपाली जस्तै। यस्तो अवस्थामा के नै पो छ र मसँग ? तिमीलाई सुनाउनाका खातिर ।बरु सुनाउ न तिम्रो खबर्,तिम्रो आफ्नो गाउको खबर्,तिम्रो आफ्नो ठाउँको खबर ।
                           कुनै दिन तिमीसङ्गै डुल्न मन लागेको छ गुरास फुल्ने वनपाखा।अनी धित मरुन्जेल हेर्न मन लागेको छ सपना देख्ने तिम्रा बदामी आँखा !दिलसरा, कहिलेकाही चौतारीको डिलमा बसेर पिपिरिको पात बजाउदै मनको बिरह पोख्न मन लाग्छ।हाक्पारे भाकामा मनको गीत गाउन मन लाग्छ।
                  तर कसले बुझिदिन्छ मेरो मनको पिडा? कसले सुनिदिन्छ?मेरो हाक्पारे भाका ! दु:ख लाग्छ,यो काठमाडौं तिम्रो रोधि,सेलो र देउडा पनि सुन्न चाहदैन। किन थाहा छ? आफुलाई आधुनिक भनाउनको लागि i-pad को volume बढाएर चर्को धुनमा "राधा तेरी चुनरी  " र "Gangnam Style" सुन्नमै व्यस्त छ,यो काठमाडौं।कहिलेकाही त लाग्छ,जोड-जोडले चिच्याउदै सुनाईदिउ काठमाडौंलाई पालाम्को केही अंश - "भुटेको मक्कै छुर्पी जस्तो,नबोल्ने माया मुर्ती जस्तो....."; साकेला भाकामा चिच्याउन मन लाग्छ - "सोइ ढोले सोइ  अर्को ढोले खोइ?" तर यो बैरो काठमाडौं मेरो आवज सुन्नै चाहदैन।जसरी हुम्ला,जुम्ला,कर्णाली र दुरदराजको आवज सुन्दैन।अनी त्यतिबेला मलाई नमज्जाले तिम्रो याद आउछ।दिलसरा,कमसेकम तिमी त छौ एक जना जो मेरो हरेक सुख र दु:खका कुरा झर्को नमानी सुनिदिन्छौ । 
                                                                                                                                                                दिलसरा,पत्तै नपाई समयले कती चाडै नेटो काटी सकेछ।देउरालीमा पिरतिको पाती च्ढाएर हामी छुट्टीएको ठ्याक्कै डेढ बर्ष भईसकेछ।यो बर्षको Valentine's Day यस्तै भयो।तिमिलाई भेट्न समय मिलाउन सकिन।मैले भन्नै पर्छ - I AM SORRY  !दिलसरा,आकाशको जुनलाई सुन बनाएर तिम्रो हातमा थमाइदिने वाचा त गर्न सक्दिन।तै पनि वाचा भयो अर्को सालको पुसे मेला - माघे मेला सङ्गसङ्गै घुम्न जाउला।अनी अर्को Valentine's Day   मा मौका मिलेछ भने शान्तिको कामना गर्दै लुम्बिनिबाट एक जोर सेतो परेवा उडाउला।धेरै भयो मेरो देश मेरो मुटुजस्तै नराम्ररी दुखेको छ।मेरो मन जस्तै नराम्ररी रोएको छ।

   दिलसरा,                                                                                                                                                                   भर्खरै तिमीलाई छोएर जाने एक झोक्का हावाले मेरो खबर दिएर गयो होला।पर्खेर बस्ने छु, तिम्रो मायाको एक पोको सन्देश लिएर आउँला त्यही हावाको झोक्का;मेरो गाउसम्म - मेरो ठाउँसम्म !                                                        
तिम्रै....
लाजेहाङ

प्रेम पत्र--रमेश श्रमिकको




पशुपति बहुमुखी क्याम्पस ने बि सगले आयोजना गरेको प्रेम पत्र बाचन प्रतियोगितामा दर्ता भएको तraa बाचन गर्न नपाएको मेरो प्रेम पत्र यस्तो छ >:

हृदयकी ढुकढुकी...................

अनगिन्ती माया र सम्झनाका तरङ्गहरु

दिनभरी तिम्रै सम्झना र रातभरी तिम्रै तस्बिर आखामा नाचिरने भएकोले आज मलाई किन हो किन तिम्रो नाममा एउटा पत्र लेखन मन लाग्यो । हुन त यस्ता थुप्रै पत्रहरु मुटुको कुन कुनामा लेखेर टासिएका छन् तर पनि आज मलाइ सबैका बिच सार्बजानिक गरेर तिमि प्रतिको मेरो मायालाई बाहिर उतार्ने प्रयास गर्दै छु । गल्ति भएमा माफ गर ल ! हिजो आज त तिम्रो सम्झना समाल्नै नगरी आउछ । रातमा निद्रा पर्दैन, तिम्रो कल्पनामा हराउने गर्छु । आखा चिम्लदा पनि तिमीलाई नै देख्छु, आखा उगार्दा पनि तिमीलाई नै । मेरो मन मुटुमा तिमि नै छौ , मात्र तिमि ।
क्याम्पसमा पढाईसगै तिमिसग हासखेल गरेर बिताएको पनि आज चार वर्ष बितिसकेछ । सायद तिमि पनि म बाट छुटेर बाच्न सक्दैनौ होला त्यसैले म भन्दै छु तिमी मेरै बनिदिनु किनकि तिमीलाई म आफ्नो बनाउन चाहन्छु । मेरो बिन्ती छ , बिनय छ, बिनोद छ नाई नभन ल ?
फेरी मैले तिमीलाई यसो भन्दैमा तिमीले मलाइ प्रेम गर्ने पर्छ भन्ने होइन । तिम्रो पनि आफ्नो इच्छा र चाहानाहरु हुन सक्छन । मैले तिमीलाई मन पराए तर तिमीले मलाइ मन नपराउन पनि सक्छौ तर मलाई त्यस्तो लाग्दैन किन कि तिमीलाई मेरो मायाले जितिसकेको छ । मेरो संसारको खुसि तिमीलाई, बिदानको लाली तिमीलाई, साझको सामिप्यता तिमीलाई । तिम्रो खुसीको लागि मा आकासको तर त झर्न सक्दिन तर अरु मेरो क्षमताले गर्न सक्ने सबै चिज तिमीलाई समर्पण गर्न चहन्छु ।
मेरो घर परिवार र तिमीलाई मेरो जीवनबाट अलग्यार टाढा राखने छैन । यो पत्र पड्ने सबै पाठक बिच यो मेरो कसम भयो । तिमीले मेरो मायालाई बुझ्ने कोसिस गर ल ! पराइको माया भन्दा आफन्तको माया हेला हुन्छ । त्यसैले मलाइ छाडेर परैलाई आफ्नो नबनाऊ फेरी तिमीले पनि बुझेकी छौ मा बर्सौ देखि तिमीलाई माया गर्छु भन्ने कुरा । तिमीले मलाइ चहिनौ भने म मर्न त मर्दिन तर बाकी जीवन भर् खुसि रहने छैन । के तिम्रो लागि म बेखुसी रहेको हेर्न चाहन्छौ ?
जीवन एक सिक्काका दुई पाटा हुन् जुन पाटाको एक अर्कासग पारस्पारिक सम्बन्ध भए पनि केवल कुदिएका चित्रहरु पुरक हुन सक्छ । त्यस्तै जीवन भित्र पनि दुई चिज हुन्छ । सुख र दुख यी दुई कुरा हरेक मानिसलाई जीवनमा एक पटक मात्र आउछ जति बेला यी कुराहरुलाई मानिसले सदुपयोग गर्न सक्दैन त्यतिबेला हत्योसाहित हुने धेरै बानी वा चलन हामी देखन सक्छौ । सुख एक पटक आउछ त्यो पलमा अब मलाइ सधै नै पुग्छ अपुण कही छैन भन्ने धारणाले मानिस समय सगै पाछुताउदै गैरहेको हुन्छ जसले सदुपयोग गर्न जानेको हुदैन । सुखलाई उपयोग गर्न जान्ने मानिस भने त्यहिँ पलबाट अघि बढ्न सक्छ ।
अर्को पाटो वहा दुख, हामी दुखसगै चुनौतीका साथ लड्न सक्दैनौ, अब यो दुखबाट मुक्ति मैले पुन सक्दिन भनेर आशालाई पनि निरासामा भदल्चौ । समय सगै संघर्स गर्न उचित ठान्दैनौ र बदलामा हत्या आत्मा हत्या गर्न पुग्छौ । वास्तविक जीवन यो होइन, हुने खाने नमात्तिने र हुदा खादा नआतिने जीवन नै जीवन हो जस्तो लाग्छ मलाई ।
हुनत यस्ता कुराको बारेमा तिमीलाई भनिरहनु पर्दैन । कहिले काही क्याम्पसमा वा बाटोमा सगै हिड्दा दुख सुखकै कुरा गर्ने तिमी, दुखमै बितिरहेको तिम्रो जीवन र मेरो पनि यस्तै जीवन छ अहिले । तिमी आफै जान्ने बुज्ने छौ ।
यस्तै हो सुख दुख जे भएपनि तिमी र मा सग बच्नु पर्छ तर सगै मर्नु पर्छ त म भन्दिन किनकी यमराजले कसलाई कति फेर लाञ्चन अहिले भन्न सकिन्न । तर बाचुन्जेल हासी, खुसी, सुखी जीवन बिताउला, तर तिमी बिना म अधुरो छु । त्यसैले म तिम्रो sathako पर्खाइमा छु । यो पत्र तिम्रो हातमा परेपछि मलाइ पनि अर्को पत्र पठाऊ ल ! म सधै तिम्रो पत्र आउने बाटो हेरेर बसीरहन्छु ।

उही तिमीलाई आफ्नो बनाउन चाहने
रमेश दवाडी 'श्रमिक'

पत्र पठाउने ठेगाना
पुरानो बानेस्वर, काठमाडौँ
नेपाल ।
rameshdawadi40@gmail.com