Sunday, February 16, 2014

प्रेम पत्र- -निरक्षर निरौलाको

मेरी अनन्य  मित्र......................
            आज प्रणय दिवस ।यो भन्दा अघिल्ला बर्षहरूमा यो प्रणय दिवस नाआएको होइन ।आएकै हो ।तर यस् पटकको प्रणय दिवसको निकै अगी देखी प्रतिक्षामा थिए-म।अनी लामो पर्खाइ पछी आजको दिन आएको छ । आज मेरा मनका भावनाहरू तिमी सामु छताछुल्ल पार्न चाहन्छु ।खासमा म भाग्यमा विश्वाश नगरने मान्छे ।अनी संयोगमा पनि विश्वाश गर्न मन लाग्दैन ।तर तिम्रो र मेरो भेट सोच त के यो एउटा रमाइलो सम्योग जस्तो छैन र ? म कहाँ पूर्वको मान्छे अनी तिमी कहाँ पश्चिमकी ?
             काठमाडौं मा अनेकौ क्याम्पस हरू छन आखिर किन हामी यही क्याम्पस मा पढ्न आयौ ? भिभिन्न सन्काय छन किन हामी एउटै सन्काय मा पर्यौ ? अनेक बिषय छन किन हाम्रा बिषय पनि जुध्न पुगे ? केही थाहा छैन मलाई । उत्तर छैन मसँग .............।  किन अनी कसरी ? भन्दै म धेरै तर्क गर्न चाहन्न किनकी प्रेममा तर्कको कुनै अर्थ  रहदैन भन्छन । बस यती थाहा छ कि यो एउटा रमाइलो सम्योग हो । मिठो सम्योग हो । बस यती थाहा छ ।
              मलाई राम्ररी याद छ तिमीलाई पहिलो चोटि देखेको दिन ।तिमी कक्षा मा छिर्दै गर्दा, कसो कसो तिम्रो नजर एक्कासी ममा ठोक्किन पुगे । म त मुर्ती भए । हेरेको हेरेकै भए । हुन त यो कुरो सामान्य नै थियो किनकी तिमी जस्ताका आँखाले हेरोस  र मलाई केइ नहोस् ? यो त हुनै सक्दैन ।सुरु सुरु का दिनमा तिमी प्रती को मेरो आकर्शण क्षणिक भन्ने लाग्यो ।यो उमेरै तेस्तै हो भन्ने लाग्यो ।तर जती जती समय बित्दै गयो उती उती तिमी प्रती लाठ्ठै हुन पुगे म ।
                 तिम्रो तारिफ कसरी गरु म ? तिम्रो जती सुकै तरिफ गरे पनि अपुरै रहनेछ । अधुरै रहनेछ । तिम्रो बेदाग मुहार , लहरै मिलेका दात ,अौसी का रातमा कालो रङ मीसाएझै तिम्रा केश अनी जती बेला पनि मुसुक्क हसिरहने तिम्रो बानी । तिमीलाई के को उपमा दिउ म ? के सँग तुलना गरु तिमीलाई ?तिमिसँग तुलना गर्न लायक कुनै चिज बस्तु नै देख्दिन -म । तिम्रा अगी स्वर्गका अप्सरा पनि फिक्क्का फिक्का लाग्छन । यो त भो तिम्रो बहिरी ब्यक्तित्व । बहिरी कुरो । तर यो भन्दा पनि माथिल्लो स्तरको छ तिम्रो भित्री ब्यक्तित्व । अर्थात तिम्रो सोच , जिबन्प्रती हेर्ने तिम्रो दृष्‍टिकोण ,साथी सङी प्रती गर्ने तिम्रो व्यबहार अनी आकाश जस्ताइ फराकिलो तिम्रो त्यो दिल ।
       तिमीसँग यसरी भेट नभै दिएको हुदो हो त यो लेखक जमानामै गाउ पुगिसकेको हुन्थ्यो । तिमीले नै मलाई काठमाडौं बस्न कर लगाएकी ।हार खाइसको मान्छे मलाई आट भर्ने काम तिमीले गरेऊ । "जिबनमा संघर्श गर्नु पर्छ ,केइ पाउन केइ गुमाउनु पर्छ ,सपना हरूले गाउमा हैन शहरअंा सार्थक्ता पाउछन " भन्दै सम्झाउने तिमी नै होइनौ र ?
       आज म सम्झिरहेको छु ति पुराना दिन हरू । केइ नाआ उने मान्छे म । केइ नजान्ने म । जान्दिन थे के र कसरी पढ्ने भन्ने कुरो ?  -"यसरी यसरी पढ्ने भन्दै सप्पै सप्पै नोट दिने तिमी नै हुन्थ्यौ । मैले कहिले कही पढ्न अल्छि मान्दा हप्काउथ्यौ । झर्किन्थ्यौ । अनी रिसाइदिन्थौ । वाध्य भएर पढ्नु पर्थ्यो मैले ।
              मलाई अचम्म लाग्छ तिमी कस्ती खल्की मान्छे ? सधैं सधैं प्रथम हुने केटी तिमी । मलाई यसरी सिकायौ तिमीले कि आफु सेकेन्ड भयौ अनी बादलामा मलाई प्रथमआ बनाइदियौ । तिम्रो संगत मा लागे पछी मैले धेरै कुरा  सिके , सिक्दैछु ।' जिबन को लक्ष्य के ? आमा बाबुले हामी प्रती के कस्तो चाहना रखेका हुन्छन ? सो कुरा  बुझ्न थालेको छु मैले तिम्रो संगत मा रहदा बस्दा ।
                     सँगइ का साथीहरुलाई हौस्याइरहने तिम्रो बानी त्यो स्वभाव प्रती नतमस्तक छु- म ।
सामान्य बोल्चल बाट सुरु बहेको हाम्रो सम्बन्ध कती धेरै प्रगाढ भएको छ् त्यो मलाई मात्र हैन तिमीलाई पनि थाहा नै छ । हाम्रो सम्भन्धको प्रगाढता यहाँ यसरी शब्दमा बताउन सकिद्न म । अझ यो सम्भन्धलाई ठोस रुप दिन तिमीलाई यो पत्र लेख्दैछु । यो प्रेम पत्र कोर्दैछु । के म तिम्रो जिबन साथी बन्न सक्छु ? के म तिम्रो हात जूनि जुनी थाम्न सक्छु
           कतिपय चल्चित्रमा नायकअले आफ्नै रगतले प्रेम पत्र लेखेको देखेको छु । तर म भने यहाँ यसरी सस्ता कलमका मसिले पत्र कोर्दैछु । म खुन ले पत्र लेख्न सक्दिन कारण - मेरा सना सना दु:ख कष्ठ मा रुने आसु बगाउने मान्छे तिमीले मैले रगत्ले पत्र लेखेको थाहा पाए कती रोउली म कल्पनी सम्मा पनि गर्नन सक्दिन ।  मलाई थाहा छ तिमी शहरमा जन्मिएकी । शहरमै खाइखेली हुर्किएकी । अनी म भने किसान को छोरो । माटोमा हिलो मा खेलेर हुर्किएको छोरो । तिम्रो र मेरो आर्थिक हैसिएत मिल्दैन थाहा छ मलाई यो कुरो ।  थाहा छ तिमी लाई पनि ।
         तर तिम्रा माता पिता बुझ्नु हुन्न होल त्यो यो कुरो । उह हरु आफ्नै हैसियत को केतो खोज्नु हुदो हो तिम्रा लागि । म गाउले केतो न खान्दानी परे नत आफ्नै खुट्टा मा नै उभिसकेको ?उह हरु चाहनु हुन्न तिमी ले दुख पाएको हेर्न ।    तसर्थ तिमीले मनाउने प्रयत्न गर्नु उहाहरूलाई । अन्तिम बिन्दु सम्मै । म पनि मेर तर्फ बाट सकुन्जेल सम्झाउने बुझाउने प्रयत्न गर्ने छु । गर्छु .
                      अन्तिममा केइ नलागे उहा हरूले जे भन्नु हुन्छ , जसो भन्नु हुन्छ तेसै गर्नु तिमीले । आमाबुवा बिरुध्द गएर तिमीले उहा हरूको चित्त नदुखाउनु । बुवाआमा भनेका इस्वर हुन । तिमीलाई पनि राम्ररी थाहा छ । तसर्थ उह हरू जसरी खुशी हुनुहुन्छ तेसै गर्नु तिमीले । तिमीले तेसै गर्नु पर्छ किनकी तिम्रा बुवा आमा खुशी हुनु भनेको नै तिमी खुशी हुनु हो । अन तिमी खुशी हुनु भनेकै म खुशी हुनु सरह हो तिमी खुशी भए मलाई अरु के नै चहियो र?
                        तिमीलाई प्रेम गर्छु । गरिनै रहनेछु ।तर यो ठन्दिन कि तिमी मेरै हुनु पर्छ । तर एउटा शर्त चै के छ भने तिमी जहाँ भए पनि , जोसँग भए पनि तिमी चै खुशी भएकाइ हुनुपर्छ । तिमी रमाएकै हुनु पर्छ । तिम्रो अभाब मा यो जिबन सफल होला नहोला भन्न सक्दिन म तर सर्थक भने हुने छैन नै । तिमी मेरो एउटा छुट्टै ,बेग्लाई बिशेष र  खास मित्र थियौ । छौ । र सदा रहिरहनेछौ । तिम्रो निम्ती यो दिलको ढोका सदा खुल्ला खुल्ला रहनेछ ।


                                                                                                             उही तिम्रो मिल्ने साथी
-निरक्षर निरौला    

      

No comments:

Post a Comment