Saturday, February 15, 2014

प्रेम पत्र--रमेश श्रमिकको




पशुपति बहुमुखी क्याम्पस ने बि सगले आयोजना गरेको प्रेम पत्र बाचन प्रतियोगितामा दर्ता भएको तraa बाचन गर्न नपाएको मेरो प्रेम पत्र यस्तो छ >:

हृदयकी ढुकढुकी...................

अनगिन्ती माया र सम्झनाका तरङ्गहरु

दिनभरी तिम्रै सम्झना र रातभरी तिम्रै तस्बिर आखामा नाचिरने भएकोले आज मलाई किन हो किन तिम्रो नाममा एउटा पत्र लेखन मन लाग्यो । हुन त यस्ता थुप्रै पत्रहरु मुटुको कुन कुनामा लेखेर टासिएका छन् तर पनि आज मलाइ सबैका बिच सार्बजानिक गरेर तिमि प्रतिको मेरो मायालाई बाहिर उतार्ने प्रयास गर्दै छु । गल्ति भएमा माफ गर ल ! हिजो आज त तिम्रो सम्झना समाल्नै नगरी आउछ । रातमा निद्रा पर्दैन, तिम्रो कल्पनामा हराउने गर्छु । आखा चिम्लदा पनि तिमीलाई नै देख्छु, आखा उगार्दा पनि तिमीलाई नै । मेरो मन मुटुमा तिमि नै छौ , मात्र तिमि ।
क्याम्पसमा पढाईसगै तिमिसग हासखेल गरेर बिताएको पनि आज चार वर्ष बितिसकेछ । सायद तिमि पनि म बाट छुटेर बाच्न सक्दैनौ होला त्यसैले म भन्दै छु तिमी मेरै बनिदिनु किनकि तिमीलाई म आफ्नो बनाउन चाहन्छु । मेरो बिन्ती छ , बिनय छ, बिनोद छ नाई नभन ल ?
फेरी मैले तिमीलाई यसो भन्दैमा तिमीले मलाइ प्रेम गर्ने पर्छ भन्ने होइन । तिम्रो पनि आफ्नो इच्छा र चाहानाहरु हुन सक्छन । मैले तिमीलाई मन पराए तर तिमीले मलाइ मन नपराउन पनि सक्छौ तर मलाई त्यस्तो लाग्दैन किन कि तिमीलाई मेरो मायाले जितिसकेको छ । मेरो संसारको खुसि तिमीलाई, बिदानको लाली तिमीलाई, साझको सामिप्यता तिमीलाई । तिम्रो खुसीको लागि मा आकासको तर त झर्न सक्दिन तर अरु मेरो क्षमताले गर्न सक्ने सबै चिज तिमीलाई समर्पण गर्न चहन्छु ।
मेरो घर परिवार र तिमीलाई मेरो जीवनबाट अलग्यार टाढा राखने छैन । यो पत्र पड्ने सबै पाठक बिच यो मेरो कसम भयो । तिमीले मेरो मायालाई बुझ्ने कोसिस गर ल ! पराइको माया भन्दा आफन्तको माया हेला हुन्छ । त्यसैले मलाइ छाडेर परैलाई आफ्नो नबनाऊ फेरी तिमीले पनि बुझेकी छौ मा बर्सौ देखि तिमीलाई माया गर्छु भन्ने कुरा । तिमीले मलाइ चहिनौ भने म मर्न त मर्दिन तर बाकी जीवन भर् खुसि रहने छैन । के तिम्रो लागि म बेखुसी रहेको हेर्न चाहन्छौ ?
जीवन एक सिक्काका दुई पाटा हुन् जुन पाटाको एक अर्कासग पारस्पारिक सम्बन्ध भए पनि केवल कुदिएका चित्रहरु पुरक हुन सक्छ । त्यस्तै जीवन भित्र पनि दुई चिज हुन्छ । सुख र दुख यी दुई कुरा हरेक मानिसलाई जीवनमा एक पटक मात्र आउछ जति बेला यी कुराहरुलाई मानिसले सदुपयोग गर्न सक्दैन त्यतिबेला हत्योसाहित हुने धेरै बानी वा चलन हामी देखन सक्छौ । सुख एक पटक आउछ त्यो पलमा अब मलाइ सधै नै पुग्छ अपुण कही छैन भन्ने धारणाले मानिस समय सगै पाछुताउदै गैरहेको हुन्छ जसले सदुपयोग गर्न जानेको हुदैन । सुखलाई उपयोग गर्न जान्ने मानिस भने त्यहिँ पलबाट अघि बढ्न सक्छ ।
अर्को पाटो वहा दुख, हामी दुखसगै चुनौतीका साथ लड्न सक्दैनौ, अब यो दुखबाट मुक्ति मैले पुन सक्दिन भनेर आशालाई पनि निरासामा भदल्चौ । समय सगै संघर्स गर्न उचित ठान्दैनौ र बदलामा हत्या आत्मा हत्या गर्न पुग्छौ । वास्तविक जीवन यो होइन, हुने खाने नमात्तिने र हुदा खादा नआतिने जीवन नै जीवन हो जस्तो लाग्छ मलाई ।
हुनत यस्ता कुराको बारेमा तिमीलाई भनिरहनु पर्दैन । कहिले काही क्याम्पसमा वा बाटोमा सगै हिड्दा दुख सुखकै कुरा गर्ने तिमी, दुखमै बितिरहेको तिम्रो जीवन र मेरो पनि यस्तै जीवन छ अहिले । तिमी आफै जान्ने बुज्ने छौ ।
यस्तै हो सुख दुख जे भएपनि तिमी र मा सग बच्नु पर्छ तर सगै मर्नु पर्छ त म भन्दिन किनकी यमराजले कसलाई कति फेर लाञ्चन अहिले भन्न सकिन्न । तर बाचुन्जेल हासी, खुसी, सुखी जीवन बिताउला, तर तिमी बिना म अधुरो छु । त्यसैले म तिम्रो sathako पर्खाइमा छु । यो पत्र तिम्रो हातमा परेपछि मलाइ पनि अर्को पत्र पठाऊ ल ! म सधै तिम्रो पत्र आउने बाटो हेरेर बसीरहन्छु ।

उही तिमीलाई आफ्नो बनाउन चाहने
रमेश दवाडी 'श्रमिक'

पत्र पठाउने ठेगाना
पुरानो बानेस्वर, काठमाडौँ
नेपाल ।
rameshdawadi40@gmail.com



No comments:

Post a Comment